निर्माण सम्पन्न शौचालय विद्यालयलाई हस्तान्तरण

Spread the love

http://www.lokpriyasamachar.com/2018/09/blog-post_59.html#.W6R-cHszbIU

चौतारा, भूकम्प पछि भत्किएका विद्यालयमा भवन संगै शौचालय पनि निर्माण भएपछि विद्यार्थी शीक्षक खुसी भएका छन् । शिक्षा मन्त्रालय र विभिन्न संघसंस्थाको पहलमा विद्यालय भवन र पक्कि शौचालय निर्माण पनि सिन्धुपाल्चोकका विद्यालयमा खुशीयाली छाएको हो ।

भूकम्पका कारण भत्किएका विद्यालयमा खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रमा काम गरिरहेको संस्था जनहित ग्रामिण सेवा समितिले साझेदार संस्था अक्फामसंग मिलेर यसबर्ष निर्माण सम्पन्न गरेका मध्ये विहिबार तीनवटा शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार आज श्री सेतीदेवि पञ्चकन्या माध्यमिक विद्यालय कुविण्डेमा निर्मित ६ कोठे पक्की शौचालय, श्री सिंहमाई आधारभुत विद्यालय कदमबासमा निर्मित ४ कोठे पक्की शौचालय र श्री कल्लेरी आधारभूत विद्यालय कल्लेरीमा निर्मित ४ कोठे पक्कि शौचालय भवन विद्यालय व्यबस्थापन समिति मार्फत विद्यालयलाई हस्तान्तरण गरिएको हो । तीनवटै विद्यालयको शौचालय हस्तान्तरणका बेला सार्वजनिक लेखा परिक्षण गरिएको थियो । कार्तीकमा सम्झौता भई काम सुरु गरिएका विद्यालयहरुमा छात्र, छात्राका लागि फरक फरक शौचालयको व्यबस्था गरिएको, सबै शौचालय अपांग मैत्री रहेको, शौचालयमा हातधुने धारा र पानीको व्यबस्था गरिएको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सबै माध्यमिक विद्यालयमा महिनावारीका बेला छात्राहरुले प्रयोग गर्ने स्यानीटरी प्याड फाल्ने र जलाउने इन्सिनेटरको समेत व्यबस्था गरिएको छ ।

न्यौपानेका अनुसार यो बर्ष मात्रै जनहितले अक्सफामसंगको साझेदारीमा मात्रै विभिन्न ११ वटा विद्यालयमा शौचालय निर्माण गरिरहेको छ । जसमध्ये ७ वटा विद्यालयमा शौचालय निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकिएको छ भने एकसाता भित्रै बाँकि ४ वटा विद्यालयमा निर्माण सम्पन्न भएको शौचालय हस्तान्तरण गरिने छ । जनहितका जनस्वास्थ्य प्रवद्धन इन्जिनियर मदन सुवेदीका अनुसार कार्यक्षेत्रका विद्यालयको माग र तत्कालीन जिल्ला शिक्षा कार्यालयसंगको समन्वयमा विद्यालयमा शौचालय निर्माण गरिएको हो । सबै विद्यालयमा निर्माण गरिएका शौचालय नेपाल सरकारको शिक्षा मन्त्रालयले जारी गरेको मापदण्ड अनुरुपका रहेका छन् । जनहितले शौचालय निर्माण गरेका विद्यालयमा जनस्वास्थ्य प्रवद्धनका कार्यक्रम पनि संचालन गरिरहेको छ । भूकम्प अघि र पछि खानेपानी, सरसफाई र स्वच्छताको क्षेत्रका अग्रीणी संस्थाको रुपमा काम गरिरहेको जनहितले ओल्डभिजन, युनिसेफ, कारीतास नेपाल, अक्सफाम, सेवक नेपाल लगाएतसंगको साझेदारीमा काम गरिरहेको संस्थाका कार्यकारी निर्देशक राजेन्द्र शर्माको भनाई छ ।

यसैविच जनहितले चौतारा साँगाचोक गढि नगरपालिका वडा नं १ मा रहेको श्री कल्लेरी आधारभूत विद्यालयमा जनहित र अक्सफामको साझेदारीमा सञ्चालीत नेपाल भूकम्प पुनर्लाभ र पुनर्निर्माण कार्यक्रम अन्तरगत वास इकाईले परेको पानी संकलन गरि जम्मा गर्ने प्रविविध जडान गरेको छ । पानीको अभाव हुने सो विद्यालयमा रेन वाटर हार्भेष्टिङ्गको काम सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिएको संस्थाकी जनस्वास्थ्य प्रवद्धन अधिकृत सुरुची पाण्डेले जानकारी दिनुभयो । जिल्लामा कार्यरत अन्य संघसंस्था, जिल्ला आयोजना कार्यान्वयन ईकाई लगाएतले विद्यालय भवन र शौचालय निर्माण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *