पाङताङ खुल्ला दिसामुक्त क्षेत्र घोषित

Spread the love

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको उत्तरी जुगलगाउँपालिका वार्ड नं ४ पाङताङलाई विहिबारदेखि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । यो संगैजुगलका वडा नं ४, ५, ६ र ७ वडा खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका छन् ।

जिल्लामा कार्यरत संस्था जनहित ग्रामिण सेवा समिति र अक्सफामको सहयोगमा यी वडाहरु खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका हुन् । भूकम्पपछि दुबै संस्थाले जुगलको वडा नं ४ पाङताङ, वडा नं ५ बराम्ची र वडा नं ६ र ७ हगाममा शौचालयका सामाग्री वितरण गर्नुका साथै घर घरमा शौचालय बनाउने अभियान संचालन गरेका थिए ।

वडा नं ५, ६ र ७ पुनःखुल्ला दिसामुक्त क्षेत्र घोषित भएका हुन भने वडा नं ४ भने पाङताङ पहिलो पटक खुल्ला दिसामुक्त क्षेत्र घोषित भएको हो । जनहितले भूकम्प अघि पनि खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमाकाम गरि खुल्ला दिसामुक्त क्षेत्र घोषणामा काम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *