लैंगिक हिंसा विरुद्ध जनहित अक्सफामको अभियान

Spread the love

चौतारा । जनहित ग्रामिण सेवा समितिले वि.सं. २०७२ साल बैशाख १२ को भुकम्प लगत्तै स्थानीय स्तरमा उद्दार, राहत संकलन तथा वितरणका साथसाथै सचेतनाका अभियानहरु सञ्चालन गरेको थियो ।

अक्सफाम नेपालसँगको साझेदारीमा सस्थाले जिल्लाका विभिन्न गाउँपालिका र वडाहरुमा विशेषतःविपद्को समयमा महिलामाथि हुनसक्ने दुव्र्यवहार, हिंसा र भेदभावका मुद्दा लगाएतका विषयमा कार्य गर्दै आइरहेको छ ।

जिल्लाका विभिन्न गाउँहरुमा सामुदायिक छलफल केन्द्रका माध्यमबाट निरन्तर अध्ययन गर्ने क्रममा महिलाहरुको नागरिकता नहुनु, पञ्जीकरणमा ख्याल नगरिनुले गर्दा महिलाहरुको अधिकारबाट बञ्चीत भएको पाइएको जनहितकी लैंगिक अधिकृत सबिना राउतले जानकारी दिईन ।

राउतका अनुसार उनीहरु माथि विभिन्न खाले भेदभाव, हिंसा तथा दुव्र्यवहारहरु पनि भएको पाईएको छ । विशेष गरि महिलाहरुका निम्ति नागरिकता, पञ्जीरकणको आवश्यकता र महत्वबारे जानकारी दिन, संयुक्त लालपूर्जाका फाइदा तथा वकिलहरुमा तत्काल परामर्श प्रदान गर्नका लागि कानुनी परामर्श मेला आयोजना गरिएको जनहितकी लैंगिक सहायक अधिकृत देबिलक्ष्मि जिब्बाले जानकारी दिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *