खानेपानी र जिविकोपार्जनको कामले स्थानिय खुशी

Spread the love

चौतारा । जनहित ग्रामिण सेवा समितिले अक्सफाम संगको साझेदारीमा चौतारा साँगाचोगढि नगरपालिका वडा नं ९ कदमबासमा यो बर्ष गरेका कामको मंगलबार समिक्षा गरिएको छ ।

कदमबासको वडाकार्यालय परिसरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरि सो वडामा २०७३ साल चैत्र १५ गते देखि ७४ फागुन १५ सम्म संचालन भईरहेका र सम्पन्न भएका क्रियाकलापको बारेमा सार्वजनिक सुनुवाई मार्फत समिक्षा गरिएको हो ।

कार्यक्रममा जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले कार्यक्रम तथा बजेट प्रस्तुतिकरण गर्नुभएको थियो भने स्थानियले जिविकोपार्जन, खानेपानी, सरसफाई, लैगिक समानता तथा संरक्षण लगाएतका कार्यक्रममा बारेमा जिज्ञासा तथा सुझाब राखेका थिए ।

कार्यक्रममा वडा ९ का अध्यक्ष विष्णु लामाले गैर सरकारी संस्था र स्थानिय तह दुबैको लक्ष्य आर्थिक सवृद्धि भएकाले संगै मिलेर काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले संस्थाले कार्यक्रम बारे सार्वजनिक सुनुवाई गर्नु सकारात्म भएको बताउदै पारदर्शिता कायम गरेकोमा भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित सहभागि, सहकारीका सदस्यहरु लगाएतले कदमबासमा अझै काम गर्न अक्सफाम र जनहितलाई आग्रह गरेका थिए । जनहित ग्रामिण सेवा समितिले ९ नम्बर वडा कदमबासमा यो अवधिमा दुईवटा सिंचाई पुनस्थापना गरेको छ भने मुलाबारी खानेपानी आयोजना र लामपाते खानेपानी आयोजना सम्पन्न हुने अबस्थामा छ ।

यस्तै लप्से सहकारीलाई आर्थिक तथा प्राविधिक सहयोग गर्नुका साथै जिविकोपार्जन कार्यक्रम अन्तरगत हलुवावेद कृषकलाई हलुबावेदबाट जाम बनाउने तालिम समेत सन्चालन गरेको थियो । यस्तै वडाभित्र रहेको सेतिदेवि र सिंहदेवि आधारभुत विद्यालयमा पक्कि शौचालय निमार्ण गरेको छ ।

जनहित अक्सफामले कदमबासमा लप्सी प्रसोधनको तालिम, सामाग्री सहयोग र भवन निर्माणमा पनि सहयोग गरेको छ । वडा नं ९ नम्बर वडामा सस्थाले गत बर्षको चैत देखि यस बर्षको फागुन सम्म ९९ लाख ५५ हजार ९ सय २७ रुपैया रकम खर्च गरेको छ ।

यसअघि जनहितले जुगल गाउँपालिकाको वडा नं ४ पाङताङमा विहिबार र वडा नं ५ बराम्चीमा आईतबार सार्वजनिक सुनुवाई गरेको थियो । यस्तै सोमबार जुगल ६ मा स्थानियको बाक्लो उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न गरीसकेको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता, लैंगीक समानता तथा संरक्षण, जिविकोपार्जन, विपद जोखिम न्युनिकरण लगाएतका क्षेत्रमा काम गरिरहेको जनहितले बुधबार आज जुगल ७ याङ्लाकोटमा सार्वजनिक सुनुवाई गर्न लागेको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *