कानूनी कागजात मेला सम्पन्न

Spread the love

बराम्ची, सिन्धुपाल्चोक । सर्बसाधारण नागरिकलाई कानुनी कागजातको महत्व दर्शाउने उदेश्यले जुगलगाउँपालिकाको ढाँडेमा आयोजना गरिएको एक दिने कानुनी काजगात प्रदर्शनी मेला स्थानीयको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ ।

जनहित ग्रामिण सेवा समिति र अक्सफामको साझेदारी तथा जुगल गाउँपालिकासंगको समन्वयमा आयोजित सो मेलामा जुगलगाउँपालिका अन्तरगत सेलाङ, गोल्चे, गुम्बा, पाङताङ, बराम्ची र हगामबाट आएका स्थानीयलाई वकिलहरु मार्फत कानुनी परार्श प्रदान गरिएको थियो । आगन्तुक लक्षित कानुनी काजगात मेलामा पाँच सय बढिले सहभागिता जनाएका थिए ।

मेला अघि आयोजित औपचारिक कार्यक्रममा जुगलगाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङ्ले नागरिकता तथा कानुनी काजगात चाहिएमा तत्काल सुविधा दिन गाउँपालिका तयार रहेको बताउनुभयो । उहाँले उमेर पुग्ने वित्तिकै नागरिकता बनाउन सुझाब दिंदै उमेर नबढाउन पनि आग्रहगर्नुभयो ।

महिला बालबालिका कार्यालयकी क्षेत्र कुमारी खड्काले कानुनी कागजात नभए पर्ने अप्ठेरोको चर्चा गर्दै सरकारी संयन्त्र यसका लागि सहयोग गर्न तयार रहेको बतायनुभयो ।

कार्यक्रममा अक्सफाम सिन्धुपाल्चोककी कार्यक्रम ब्यबस्थापक अनीता साहले नागरिकता पहिचान नभएकोले लिएरै छाड्न आग्रह गरिन । उनले आफुसंग कानुनी काजगात भएपछि ढुक्क भईने भएकोले उमेर पुगेपछि नागरिकता बनाउन र व्यक्तिगत घटना दर्ता गर्न सबैलाई अनुरोध गरेकी थिईन ।

जनहित ग्रामिण सेवा समितिका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले विकट जुगल गाउँपालिकामा उमेर पुगेपछि पनि नागरिकतान बनाउने, व्यक्तिगत घटना दर्तामा ध्यानन दिने समस्या देखिएकोले गाउँपालिका संगको समन्वयमा कानुनी कागजात मेला आयोजना गरिएको बताए । उनले उपस्थित सर्वसाधारणलाई कानुनी कागजात बनाएर ढुक्क बन्न आग्रह गरे ।

त्यस्तै अधिबक्ता चन्द्रकुमार बस्नेतले कानुनी अप्ठेरो पर्दा गरिने क्रियाकलापबारे जानकारी दिएका थिए । सो कार्यक्रममा धिताल चिरिच्याट्टको टीमले चेतनामुलक नाटक प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *